पुजा र पलको प्रेममय ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर सार्वजनिक ।

प्रकाशित मिति :   February 13, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘बिहिबार काठमाडौंमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको छ । | सार्वजनिक  ट्रेलरमा पूजा शर्मा,पल शाह,हरिहर शर्मा,दिनेश डी सी लगायतका कलाकारहरुलाई स्थान दिईएको छ  । प्रेमकथामा राम्रो चलचित्र बनाउने निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ पनि प्रेमकथामा नै आधारित रहेको ट्रेलर हेर्दा लाग्छ ।

पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । चलचित्रमा पुजा र पलका साथमा दिनेश डीसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकाय लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई निर्देशन सुदर्शन थापाले गरेका छन् । चलचित्रको निर्मातामा सुदर्शन थापा र पूजा शर्मा रहेका छन् भने जन्मजय साम्पाङ राइ सह–निर्माता रहेका छन् । शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको चलचित्रमा लेखन शिवम अधिकारीको रहेको छ । छायांकन सौरभ लामाले गरेका छन् भने बनिश शाह तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

फागुन ३० गतेलाई चलचित्र रिलिज मिति पक्का गरिएको छ ।

Facebook Comments