लोभी आँखा पछि शिल्पा र पुष्प ‘मलेवा चरी ‘मा फेरी संगै ।

प्रकाशित मिति :   February 13, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – लोभी आँखाको सफलता पश्चात रचनाकार /संगीतकार  श्रीकृष्ण बम मल्लले बिष्णु माझी र ढाकाराम पौडेलको आवाजमा लोक गीत ‘मलेवा चरी ‘लियर आएका छन् । उक्त गीतको भिडियोमा लोभी आँखाका सफल जोडी शिल्पा पोख्रेल र पुष्प खड्काले ,नृत्य निर्देशक शिव बि क को निर्देशनमा रमाईलो नृत्य प्रस्तुत गरेका छन् ।

शिल्पा र पुष्पको जोडी चलचित्रको पर्दा देखि म्युजिक भिडियो सम्म सफल रहेको छ ।

उक्त गीतमा कृष्ण बि क ‘भान्जा ‘को अरेंज्मेंट ,एच बि एन किस्मत को मिक्सिंग,सक्षम पुडासैनी र सरिता प्रजापतिको शृंगार र केश सज्जा,पोस्ट प्रोडक्सन शिव फिल्मस प्रा लि अनि छायांकन रामेश्वर कार्की ,सम्पादन र कलर मिलन बिस्वकर्माले गरेका छन  ।

Facebook Comments