सलमानसँग नयाँ फिल्ममा जोडी पूजा ।

प्रकाशित मिति :   February 11, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – बलिउड सुपरस्टार भाईजान सलमान खान हाल फिल्म  ‘राधे’को छायांकनमा व्यस्त छन् । सलमानका पछिल्ला केहि फिल्म राम्रो नचले पश्चात सलमानले लगालग नयाँ प्रोजेक्ट गरिरहेका छन् ।

केहि समय अगाडी सलमान खान र निर्माता साजिद नाडियडवालाले २०२१ को इदमा रिलिज गर्ने गरि  ‘कभी इद कभी दिवाली’ घोषणा गरेका थिए ।  फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा सलमान संग साउथ फिल्म नगरीमा राम्रो चलेकी र हालै बलिउड फिल्म नगरीमा पाईला टेकेकी नायिका पुजा हेगेड़े लाई जोडीका रुपमा फाईनल गरेका छन् ।यसको पुस्टि फिल्म समिक्षक तरण आदर्शले आफ्नो ट्वीटर मार्फत गरेका छन् । फिल्म २०२० को ईदमा रिलिज हुँदैछ ।

Facebook Comments