‘मैदान’पोस्टरमा अजय देवगन फुटबल कोच  ।

प्रकाशित मिति :   January 30, 2020           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – बॉलीवुड अभिनेता अजय देवगन फिल्म ‘मैदान ‘ मा भारतीय फुटबल कोच सैयद अब्‍दुल रहीमको भूमिकामा देखिदैछन । फिल्मको शूटिंग चलिरहदा नै,फिल्मका निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।भारतमा यस फिल्मको शूटिंगअप्रिल महिना सम्ममा सकेर फिल्म युनिट फिल्मको बाकि शूटिंगका लागि हेलसिंकी, रोम और ऑस्ट्रेलिया जानेछन । यस फिल्मको बिशेष छायांकन लागि ऑस्ट्रेलियन क्यामरा पर्सन क्रीस रीडलाई ल्याईएको छ ।

अजयको फिल्म ‘मैदान’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तोकेका छन् । फिल्म २७ नोभेम्बर २०२०२ मा रिलीज  हुँदैछ । फिल्मको २ पोस्टरमा सुपरस्टार अजय देवगन कोच सैयद अब्‍दुल रहीम को लुक मा रंगिएका छन् र उनलाई सुहाएको पनि छ ।

Facebook Comments