‘सेल्फी किङ्ग’मा केकीसँग भीमफेदी गाईजको ‘जाली रुमाल’ ।

प्रकाशित मिति :   December 13, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – गत बर्षको चर्चित चलचित्र ‘प्रसाद ‘का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतको निर्माण तथा चर्चित अभिनेता बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ’को गीत सार्वजनिक गरिएको  छ । सार्वजनिक लोक शैलीको गीतमा  विपिनका साथमा केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । चलचित्रमा आउने गीतमा गाउघर तिर हुने सांस्कृतिक कार्यक्रमको माहोललाई देखाइएको छ । ‘जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत र अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । उक्त गीतको भिडियोको नृत्य निर्देशन भीमफेदी गाइजले गरेका छन् ।

विशाल सापकोटाको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किंङ’मा नामले परिचित एक चर्चित हाँस्य टेलिभिजन कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा लाई प्रस्तुति दिएको छ ।  चलचित्रमा बिपिन संगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री केकी अधिकारी र भीमफेदी गाईज सहयोगी भूमिकामा रहेका छन् ।

चलचित्रमा निर्देशक सापकोटाको लेखनरहेको छ । राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माताक रुपमा रहेका छन् । छायाँकन सुसन प्रजापतिको, निर्मल लामाको नृत्य निर्देशन,संगीत सुवास भुषालको ,शव्द बि. पाण्डेको , अवाज अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको ,सम्पादन जीवन थापाको रहेको छ । सुभाष थापा र दिनेश राउतले गत वर्षको चर्चित चलचित्र ‘प्रसाद’मा सहकार्य गरेका थिए ।

चलचित्र माघ २४ गतेबाट प्रदर्शनमा आउदैछ ।

Facebook Comments