केकी संग ‘चालबाज’ गर्दै पुष्प ।

प्रकाशित मिति :   December 13, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –सौरभ इन्टरटेनमेन्ट र बलाली प्रोडक्सनको व्यानरमा निर्माण हुन गैरहेको चलचित्र ‘चालबाज’को छायांकन दार्जिलिङबाट सुरु भएको छ । सस्पेन्स लभस्टोरी जनराको चलचित्रमा अभिनेत्री केकी अधिकारीसँग नव-कलाकार अविनाश प्रधानले संगै काम गर्न लागेका थिए तर अविनाश प्रधानले घरायसी कामका कारणचलचित्र गर्न नसक्ने भएपछि  चलचित्रमा केकी संग चालबाज़ गर्नका लागि पुष्प खड्काको इन्ट्री भएको छ । उनले शुक्रबार चलचित्र साइन गरेका छन् ।

अब चलचित्रमा केकी र पुष्प संग बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि अभिनय रहनेछ । चलचित्रलाई कैलाश राईले निर्देशन गर्दैछन् । चलचित्रमा अरुण तामाङको लगानी रहनेछ । छायांकन सौरभ लामाको,शब्द विपिन किरणको,संगीत दीपक शर्मा र ओम गुरुङको र कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ ।

Facebook Comments