शिल्पा अदालत पुगिन तर छबि अझै फरार ।

प्रकाशित मिति :   November 15, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीचको पारिवारिक मुद्दा अहिले काठमाडौँ जिल्ला अदालतमा सुनवाईको अवस्थामा छ । घरेलु हिँसापछि शिल्पाले छवी विरुद्द अंश, मानाचामल र सम्वन्ध विच्छेद्दको मुद्दा हालेकी थिइन् । त्यसपश्चात छविकी पहिली पत्नी हेमा ओझाले दुवै विरुद्द बहुविवाहको मुद्दा हालिन् । शिल्पालाई सम्माननीय सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायधिस चोलेन्द्र शमशेर राणाको एकल इजलासले पक्राउ नगर्न आदेश दियो र त्यस पश्चात निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा शिल्पा पोखरेल शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन्। न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । अबभने नायिका शिल्पा पोखरेल बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा भएकी छन्।

छवि ओझा र जाहेरीकर्ता हेमाकुमारी ओझाबीच २०४१ सालमा बिहे भएको र २ सन्तान पनि भएको तथा २०५१ सालमा ,छबि , हेमा र २ छोरा सहितको अंशबन्डा भएकाले र २०७३ साल असाढ १९ गते अभिनेत्री रेखा थापा संगको १२ बर्षे बैबाहिक सम्बन्धबाट पनि पारपाचुके गरेको र रेखा थापा संग पनि ६५ लाख सहितको अंशबन्डाको प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ।

यस अघि छविले वि:स. २०७३ सालको शिल्पा संगको विवाहलाई बदर गराउन मुद्दा लिएर काठमाडौँ जिल्ला अदालत पुगेका थिए र काठमाडौँ जिल्ला अदालतले मुद्दा लिन नमानेपछि उनि उच्च अदालत पाटनको ढोका ढकढक्याउन पुगे । कार्तिक १४ गते मुख्य न्यायधिस नहकुल सुवेदी र अनन्तराज डुम्रेको इजलासले छविको मुद्दा खारेज गरेको हो । उक्त मुद्दाको लागी छविले बरिष्ठ अधिवक्ता शम्भु थापालाई वकिल राखेका थिए । थापा नेपालका वरिष्ठ र अनुभवी अधिवक्तामा गणना हुन्छन ।

शिल्पा पोखरेलले सबस्त ईन्टरटेनमेन्टसँग भनिन ‘नेपालको सम्माननिय अदालत र नेपालको कानुनमा मलाई बिस्वास छ र मलाई निर्दोषले सजाय पाउदैन र सत्य को संधै जीत हुन्छ र म निर्दोष छु त्यसैले म अन्तिम श्वाश सम्म लड्न तयार छु’ ।


छविराज ओझा भने पक्राउ पुर्जीको सन्दर्भमा सम्माननीय अदालत र नेपाल प्रहरीको अवहेलना गर्दै अहिले सम्म फरार रहेका छन् ।
आज काठमाडौँ जिल्ला अदालतको ईजलासमा शिल्पाका तर्फ़बाट वरिष्ठ विद्वान अधिवक्ता रमेश प्रसाद गुरागाईं र मनोज यादवले ,सरकारी वकिलको कार्यालयका वकिलहरू संग बहस गरेको हो ।

Facebook Comments