रेडियो अडियोको आयोजनामा हरिवंश आचार्यको ६३ औँ जन्मदिन कार्यक्रम ।

प्रकाशित मिति :   November 13, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – रेडियो अडियोले आयोजना गर्दै वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको आज  ६३ औँ जन्मउत्सव मनाएको छ । उक्त आयोजना गरेको जन्मउत्सव कार्यक्रममा हरिवंश धेरै खुसि र आफ्ना अग्रज दाजु मदनकृष्ण श्रेष्ठको भनाई ‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।’    भने पश्चात केहि भावुक भएका थिए  ।

हरिवंशले मह संचार लगायत अहिलेका सबै हास्य बिदाका कलाकारहरु मह संचार कै परिवार जस्तो लाग्ने बताएका छन्  । हरिवंशको जन्म वि.सं २०१४ साल कात्तिकको २७ गते भएको थियो ।

हरिवंशलाई शुभकामना व्यक्त गर्न उक्त कार्यक्रममा हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, हरिवंशकी पत्नी रमिला आचार्य , आँचल शर्मा आदिको उपस्थिति रहेको थियो  ।

Facebook Comments