सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको चलचित्र’हिजो आजका कुरा’ मुर्हत सम्पन्न ।

प्रकाशित मिति :   November 13, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – चलचित्र हिजो आजका कुराको छायांकन सुरु भएको छ। बुधबार पशुपतिको भुवनेश्वरी मन्दिरमा निर्माण टिमले शुभ साईत गर्नुका साथै छायांकन सुरु गरेको छ। नायीका रिमा विश्वकर्मा र फिल्मका निर्देशक साकार पन्त तथा वरिष्ठ अभिनेता/अभिनेत्रीद्वय सन्तोष पन्त र रमा थपलियाको मुर्हत सट संगै सुरु भएको फिल्मको छायांकन करिब ३५ दिनको हुनेछ। चलचित्र आउँदो वैशाखको १२ गतेबाट प्रदर्शनमा आउँने जानकारी पनि निर्माण टिमले दिएको छ। हुनत वैशाख १२ महा भुकम्प गएकाले उक्त दिनलाई शुभ नमानिए पनि चलचित्रले हाँसोको भुकम्प ल्याउनेमा निर्माण टिम ढुक्क रहेको देखिन्थ्यो।

सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहने फिल्मलाई साकार पन्तले निर्देशन गर्नेछन् ।चलचित्रमा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी, र सविन शाक्यको मुख्य भूमिका रहनेछ । भने, विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।चलचित्रको कथा निर्देशक साकार पन्त र कलाकार सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाको रहेको छ। चलचित्रमा रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

Facebook Comments