एबी इन्टरनेशनल प्रा लि चलचित्र वितरणमा पनि ।

प्रकाशित मिति :   November 13, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  चलचित्र निर्माण कम्पनि एबी इन्टरनेशनल प्रा लि ले वितरणमा पाइला चाल्ने भएको छ । शुक्रबार रिलिज हुने बलिउड फिल्म ‘मरजावां’बाट कम्पनिले चलचित्र वितरण थाल्नेछ । कम्पनिका प्रबन्ध निर्देशक अजित कुमार थापाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालीसँगै हलिउड, बलिउड चलचित्र पनि वितरण गर्ने बताइएको छ । नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणलाई प्रमुख उद्येश्य बनाएको कम्पनिले वर्षेनी दुई वटा स्तरीय चलचित्र निर्माण गर्ने पनि दावी गरेको छ ।

कम्पनिले निर्माण गरेको चलचित्र ‘पासवर्ड’ भदौमा रिलिज भएको थियो । तर, बक्सअफिस अपेक्षित भएन । दोस्रो चलचित्र‘सम्हालिन्छ कहिले मन’ पाइपलाइनमा छ ।

Facebook Comments