योद्धा प्रदिपको ‘प्रेमगीत ३’को मोसन टीजरमा प्रेमिल अवतार ।

प्रकाशित मिति :   November 6, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति,नायक प्रदिप खड्काको अभिनय रहने बहुप्रतिक्षित चलचित्र  ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ । टिजरमा नायक प्रदीप खड्कालाई स्थान दिईएको  छ । उक्त मोसन टिजरमा प्रदीप खड्का प्रेमिल अवतारमा प्रस्तुत भएका छन् ।२०० वर्ष पुरानो प्रेमकथामा निर्माण हुने चलचित्रलाई निर्माता सन्तोष सेन र छेतेन गुरुङले मिलेर निर्देशन गर्दैछन । चलचित्रको छायाँकन कार्तिक २२ देखि शुरु हुँदैछ ।

चलचित्रमा प्रदिप खड्का संग जोडी बाधिन नव नायिका क्रिष्टिना गुरुङ अनि  साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निर्देशक छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द, कविराज गहतराजको नृत्य र बनिश शाह तथा भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
चलचित्रलाई चैत २८ गते रिलिज गरिने लक्ष्य राखिएको छ ।

Facebook Comments