‘घामड शेरे’को नाम जोडेर राजनीतिज्ञको ट्रोल प्रति टिमको ध्यानकर्षण ।

प्रकाशित मिति :   November 6, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ-  हेमराज बिसीको लेखन, निर्देशन र कथामा निर्माण भएको अनि निश्चल बस्नेत, स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’ले सामाजिक संजालमा बनेका ट्रोलप्रति आपत्ति जनाएको छ । बुधबार आकस्मिक प्रेसमिट राख्दै सिनेमाको नाम जोडेर बनेका चर्चित राजनीतिज्ञको ट्रोललाई लिएर ध्यानकर्षण भएको टिमले उल्लेख गरेको छ ।

सामाजिक संजालमा आइरहेका ट्रोलसँग चलचित्रको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दै निर्माण कम्पनि बिसी मोसन पिक्चर्सले कथाको मुख्य पात्र शेरेको चरित्र, व्यवहार र कार्यशैलीसमेत राजनीतिक व्यक्तित्वसँग मेल नखाने बताएको छ र कम्पनिले राजनीतिक क्षेत्रका अग्रज व्यक्तिवहरुमा पर्न गएको असर र असुविधा प्रति पनि माफी मागेको छ । र, सामाजिक संजाल प्रयोगकर्तालाई यस्तो काम नगर्न पनि आग्रह गरिएको छ ।

चलचित्रमा  निश्चल बस्नेत र स्वस्तिमा खड्का संगै सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारहरु को अभिनय रहेको छ । बि सी मोसन पिक्चर्सको व्यानरमा निर्मित चलचित्रमा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ तथा नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेका छन् । कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ ।

Facebook Comments