भिटेनको र्याप चलचित्र ‘सरौतो’मा 

प्रकाशित मिति :   November 6, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- चर्चित छायाँकार हरी हुमागाईं द्वारा निर्देशित चलचित्र ‘सरौतो’को लागी अहिलेका चर्चित र्यापर समीर घिसिङ (भिटेन)ले गीत गाएका छन् । भिटेनको शब्द, संगीत र स्वर रहेको प्रमोसनल गीतमा भिटेन संग नायिका सुमी मोक्तान र अभिनेता विजय लामा फिचर्ड भएका छन् ।

तिहारको छेकोमा खिचिएको गीतमा भिटेन फरकलाई फरक अन्दाजमा देख्न सकिने निर्देशक हरी हुमागाईंले  बताएका छन् । पछिल्लो समय भिटेन युवापुस्ता माँझ लोकप्रिय छन् ।

चलचित्रमा सुमी मोक्तान र विजय लामाका अलावा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ आदि कलाकारहरुको अभिनय रहेको  छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रमा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार भएको चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

चलचित्र मंसीर १३ गते नयाँ मितिका साथ् रिलिज हुँदैछ ।

Facebook Comments