साम्तेन भुटिया निर्देशित ‘सुस्केरा’ रिलिज मिति तय

प्रकाशित मिति :   November 6, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- प्राविधिक समस्याका कारण अभिनेत्री सुरक्षा पन्त र स्वरुप पुरुष ढकालले  पहिलो पटक अभिनय गरेको चलचित्र  ‘सुस्केरा’ले ढिलै भएपनि रिलिज मिति तय गरेको छ । चलचित्र निर्माण सकिएको तीन वर्ष पछि चलचित्र  रिलिजको लागी तयार भएको छ ।

साम्तेन भुटिया निर्देशित चलचित्र अहिले पुष १८ मा रिलिज हुँदैछ  । निर्देशक भुटियाको आर्यन सिग्देल,मिरुना मगर र भोला सापकोटा अभिनित चलचित्र ‘च च हुई’ मंसीर ६ मा रिलिज हुँदैछ ।


चलचित्रलाई प्रेमको मूल कथा लिएर तयार गरिएको छ भने चलचित्रमा स्वरुप पुरुष र सुरक्षाका साथमा  मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments