संचारकर्मी कुमार आचार्यको निर्देशनमा ‘दिलको चोट’ (भिडियो)
प्रकाशित मिति : October 6, 2019 Sabasta Entertainment
सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ- पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । प्रेम बिछोडको भाव व्यक्त गर्न खोजिएको गीतको भिडियोको निर्देशन संचारकर्मी कुमार आचार्यले गरेका हुन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाइ अमृत मान महर्जनले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेत्री श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन्। उक्त भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
Facebook Comments