‘आमा’ को लागि सुरक्षाको नयाँ रुप ।

प्रकाशित मिति :   October 4, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ-  डीएस डिजिटलको ब्यानरमा निर्माण भएको तथा दिपेन्द्र के खनालको निर्देशन/ लेखन / छायाँकन रहेको चलचित्र ‘आमा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा सुरक्षा पन्तलाई भिन्न रुपमा प्रस्तुत गरिएको छ । उनलाई चिताको अगाडी कपाल मुण्डन गरिरहेको देखाईएको छ । हिन्दु संस्कारमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने चलन र मान्यता रहिआएको छ र त्यहि मान्यतालाई तोड्ने पोस्टरले ईंगित गर्दछ ।

चलचित्रमा मिथिला शर्मा ‘आमा’ को भूमिकामा देखिदैछिन  । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाआदि  कलाकारहरुको अभिनय रहेको  छ । चलचित्रमा शर्मिला पाण्डेको लगानी तथा सह निर्माता सन्तोष अधिकारी रहेका छन् । चलचित्र  फागुन ९ गते यानी महाशिवरात्रीको समयमा प्रदर्शन हुँदैछ ।

Facebook Comments