सौगात मल्ल र पुजा शर्माको‘पोइ पर्यो काले’ ट्रेलर रिलिज

प्रकाशित मिति :   October 2, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सौगात मल्ल र पुजा शर्मा,श्रृष्टि श्रेष्ठ ,आकाश श्रेष्ठ अभिनित चलचित्र ‘पोइ पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दशैंको शुभकामना सहित बुधबार सार्वजनिक गरिएको ट्रेलरमा कालो वर्णको एक युवकको जीवनमा आउने उचार-चढावमा हेर्न पाईन्छ  ।

चलचित्रमा सौगात मल्ल र पुजा शर्मा,आकाश श्रेष्ठ,श्रृष्टि श्रेष्ठ,सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्का आदि कलाकारहरुको अभिनय रहेको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता राजिव गुरुङ र सरोज नेपाली रहेका छन् । अमलादेवी राई चलचित्र की कार्यकारी निर्माता रहेकी छिन । शिशिर राणा लेखक तथा निर्देशक रहेको चलचित्रमा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, छायाँकन शिव ढकालको, गीतमा नृत्य निर्देशन कमल राई र रामजी लामिछानेको, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Facebook Comments