निश्चल र स्वस्तिमा ‘घामड शेरे’को पहिलो गीत ‘साली मन पर्यो’ र दोस्रो पोस्टरमा रोमान्टिक ।

प्रकाशित मिति :   October 2, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – हेमराज बिसी निर्देशित चलचित्र ‘घामड शेरे’को पहिलो गीत र दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् । यसअघिको पोस्टरमा अभिनेता निश्चल बस्नेत मात्र फिचर्ड थिए । तर, दोस्रो पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का पनि अटाएकी छन् ।रुखको फेदमा यो रियल कपललाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ । चलचित्रको पहिलो पोस्टरले दर्शकबाट उम्दा प्रतिक्रिया पाएको थियो । वर्षकै प्रतिक्षित चलचित्रमा निश्चल र स्वस्तिमाले पहिलो पटक जोडी बाँधेका छन् ।

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी छ । गीतमा संगीतकार कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ ।

कमेडी ड्रामामा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ । नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्र तिहारको अवसर पारेर कार्तिक ८ मा रिलिज हुँदैछ

Facebook Comments