दीपिकाको ईन्स्टाग्रमको हरेक पोस्टहरुमा रणबिरको प्रतिक्रिया

प्रकाशित मिति :   October 1, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – हालैमा दीपिका पादुकोनेले आफ्नो सामाजिक संजालमा पुरानो फोटोहरु हालेकी छन् । उनले स्कुलमा पाएको रिपोर्ट कार्ड फोटोको रुपमा ईन्स्टाग्रममा मंगलबार पोस्ट गरेकी थिइन । शिक्षकले उनको बारेमा दिएको धारणा ईन्स्टाग्रममा हालेकी हुन् र मज्जाको कुरा उनको हरेक पोस्टमा रणबिर सिंहले प्रतिक्रिया दिएका छन् ।

पहिलो पोस्टमा उनि कक्षामा निकै बोलक्कड रहेको जानकारी दीईएको छ । यो कुरालाई समर्थन गर्दै रणबिरले भने दीपिकालाई ‘ट्रबलमेकर’ । यस्तै अर्को पोस्टमा उनको शिक्षकले सिकाएका कुराहरु मान्नुपर्ने रिपोर्ट कार्डमा उल्लेख गरिएकोमा रणबिरले शिक्षकको कुरामा समर्थन जनाएका छन् । दीपिकाको तेस्रो पोस्टमा लेखिएको छ उनि दिउसो नै सपना देख्दै बस्छिन र यसमा पनि रणबिरले भने,दीपिकाको हुन्छ ‘हेड इन द क्लाउड ‘ ।

Facebook Comments