राजेश र करिश्मा ५ बर्षपछि संगै म्युजिक भिडियोमा

प्रकाशित मिति :   September 30, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – महानायक राजेश हमाल र महानायिका करिश्मा मानन्धरले ५ बर्षपछि संगै ‘चट्ट बसम देउरालीमा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।करिश्मा मानन्धरले बनाएको चलचित्र ‘फागु ‘मा यी दुईले केमियो रोल गरेका थिए र अहिले दुबैजना निर्देशक तथा कोरियोग्राफर देवेन्द्र पाण्डेको म्युजिक भिडियो मार्फत  पुन: सँगै आएका छन् ।

भिडियोले राजेश र करिश्माको पुरानो केमेस्ट्रीलाई याद गराउछ । दीपक शर्माको शब्द, संगीत रहेको गीतमा मेलिना राई र भिम चापागाईंको स्वर रहेको छ । छायाँकन उत्सब दाहालको रहेको गीतमा अच्युत बजगाईंको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । यस म्युजिक भिडियोलाई ‘एट के एभरेस्ट मोसन पिक्चर्स’ले सार्वजनिक गरेको छ  ।

Facebook Comments