अत्याधुनिक सुबिधा सहित आइप्लेक्स मलको शुभारम्भ

प्रकाशित मिति :   September 19, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – काठमान्डूको व्यस्त सहर नयाँ बानेश्वोरमा अत्याधुनिक सुबिधा सहित आइप्लेक्स मल बिहिबार उद्घाटन गरियो । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, योगेश भट्टराईद्वारा मल उद्घाटन गरिएको थियो।

मलमा दुइ वटा स्क्रीन रहेको सिनेमा हल रहेको छ। कलाकार द्वय धिरज मगर र जसिता गुरुङद्वारा वान सिनेमाज उद्घाटन गरिएको थियो। उद्घाटनसत्र मनाउदै रमाइला कार्यक्रम हुनुका साथै मलमा रहेका विभिन्न पसलहरुमा आकर्सक योजना र छुटको ब्यबथा गरिएको छ। साथै स्ट्यान्ड अप कमेडियन प्रनेश गौतम लगायतको प्रस्तुति रहनेछ भने सांगीतिक माहोलका निमित्त गाएकहरु सुगम पोख्रेल, सबिन राई, स्वपन सुमन, हर्किलिज़ बस्नेत आदि मलमा उपस्थित हुनेछन। साथै वाइल्ड रिप्पेर्ज़ समुहको आकर्सक नृत्यको पनि दर्सकले मजा लिन पाउनेछन।

बिबिध ब्रान्डेड स्टोरमा मिठो खानाकाका लागि फूड कोर्ट पनि मलमा छन्। पर्याप्त पार्किंग क्षेत्र हुनुका साथै बानेश्वोरको एक मात्र सिनेमा हल, भएकालेपनि आइप्लेक्स मल एक आकर्सक ठाँउ बन्न सफल भएको देखिन्छ। यो हलको व्यबस्थाक आईकोर कम्पनीका प्रबन्ध निर्देशक एवं निर्माता प्रज्वल समशेर राणा र उनकी श्रीमत, चर्चित कोरियोग्राफर एवं निर्देशक रेनाशा राई हुन् ।

आई प्लेक्स मल’को पाँचौ तलामा यो हल संचालनमा आएको छ  ।  हलमा २ पर्दा छन् । पहिलो पर्दामा २ सय ८ र दोश्रो पर्दामा २ सय ३ सिट क्षमता छ । हलको लोकेशन पूरानो शिवदर्शन हल रहेको स्थान हो , जहाँ अत्याधुनिक सुविधा सहित दर्शकले फिल्म हेर्न पाउँने सुविधा रहेको छ। यो हलका दुवै अडिटोरियममा फोर के प्रोजेक्सन सहित 7।1 साउन्ड सिस्टममा फिल्म हेर्न पाउँनेछन् । दर्सकहरुले आरामदायी सिट, राम्रो पर्दा र साउण्ड सिस्टमको हलमा सिनेमाको मजा लिनसक्छ्न।

Facebook Comments