सौगात र अर्पणको ‘लप्पन छप्पन २’ को फस्टलुक सार्वजनिक

प्रकाशित मिति :   September 19, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सौगात मल्ल, दयाहाङ राई,अर्पणका थापा, अनुप विक्रम शाही मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिईएको छ  ।  पोस्टरमा सौगात र अर्पणलाई  फरक लुक्समा देख्न सकिन्छ । 

मुकुन्द भट्टको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘लप्पन छप्पन २’ मा सौगात र अर्पण नेगेटिभ भुमिकामा रहेका छन्। चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीको निर्माण रहेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई,अर्पणका  थापा, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको छायाँकन पुरुषोत्तम प्रधानको  रहेको छ  ।

Facebook Comments