शुशिलको ‘बादशाह जुट’ पुनः नयाँ रिलिज मितिका साथ

प्रकाशित मिति :   September 19, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको चलचित्र  ‘बादशाह जुट’को रिलिज डेट पुन: पर सरेको छ । कार्तिक १ मा रिलिज मिति तय गरिएको चलचित्र अब  कार्तिक १५ मा रिलिज हुने भएको छ ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेको ‘बादशाह जुट’ मा सुशील श्रेष्ठ ,रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, रोबिन तामाङ, आमिर गौतम, दीपक क्षेत्री र कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

जोनी सिंह राणा निर्देशित ‘बादशाह जुट’मा अभिषेक शशि कुमारले लेखन कार्य गरेका छन् भने संगीत कृष्ण भारद्वाज,कोशिस क्षेत्रीको, नृत्य विक्रम स्वाँरको, द्धन्द्व राजकुमार उप्रेतीको, छायाँकन राजु कार्कीको र सम्पादन दिर्घ खड्काको रहेको  छ ।

श्रेष्ठ स्टारर अर्को चलचित्र ‘लभ डायरिज’ ले पनि कार्तिक १५ लाई रिलिज मिति तोकेको छ ।अब ‘लभ डायरिज’ पछाडी सार्नुपर्ने इस्थिती सिर्जना भएको छ किनकि दुवै चलचित्रमा शुशिल श्रेष्ठले अभिनय गरेका छन् । ‘

Facebook Comments