चिरन्जीवी अर्थात् ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर रिलिज

प्रकाशित मिति :   September 19, 2019           Sabasta Entertainment




  सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – एक्सेल ईन्टरटेनमेन्ट,ए ए फिल्म्स र कोनिडेला प्रोडक्सन कम्पनीद्वारा निर्मित तथा तेलुगु सुपर स्टार रामचरण द्वारा निर्माण गरिएको मल्टीस्टारर तेलुगु ,हिन्दि फिल्म ‘साइरा नरसिम्हा रेड्डी’ को ट्रेलर रिलिज  गरिएको छ । गान्धी जयन्तिको अवसर पारेर अक्टुबर २ मा रिलिज हुन लागेको फिल्म वर्षकै बहुप्रतिक्षित फिल्ममा रहेको छ ।  सार्वजनिक ट्रेलरमा कलाकारको भिन्न अवतारमा उत्कृस्ट अभिनय,संवाद, ब्याकग्राउण्ड स्कोर, उत्कृष्ट भिएफएक्स, भव्य सेटले फिल्म कस्तो बनेको प्रस्ट कुरा देखाउछ  ।

ऐतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित फिल्ममा तेलुगु मेगास्टार चिरन्जीवी नरसिम्हा रेड्डीको भूमिकामा देखिएका छन् , बलिउड महानायक अमिताभ बच्चन, नयनतारा, तमन्ना,किचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, निहारिका लगायतका कलाकारहरुको अभिनय रहेको छ फिल्म ‘साइरा नरसिम्हा रेड्डी’ मा  ।

फिल्म  ‘साइरा नरसिम्हा रेड्डी’ अक्टुबर २ यानी असोज १५गते मा रिलिज हुँदैछ र शोही  मितिमा ऋतिक रोशन र टाइगर श्राफ अभिनित,यशराज फिल्म्सको ‘वार’ पनि रिलिज हुँदैछ । नेपाली चलचित्रको उत्तम ब्यापारको लागि दशैं सबैभन्दा अनुकुल समय बताईन्छ तर यसपटक ‘साइरा नरसिम्हा रेड्डी’  र ‘वार ”का कारण शोही समयमा नेपाली चलचित्रको  रिलिज नहुने जानकारी रहेको देखिन्छ ।

Facebook Comments