बसन्तको निर्देशन र पबित्राको नृत्य निर्देशनमा ‘तिम्रो शहर’ मा आंचल र अनुप ।

प्रकाशित मिति :   September 11, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – चलचित्र निर्देशक बसन्त निरौलाको निर्देशन,अभिनेत्री तथा नृत्य निर्देशक पबित्रा आचार्यको नृत्य निर्देशनमा ‘तिम्रो शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘तिम्रो शहर’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ ।

उक्त गीतमा अनुप बिक्रम शाही र आँचल शर्माले अभिनय र नृत्य गरेका छन् ।  यस गीत भन्दा पहिले पनि आँचल र अनुपले म्युजिक भिडियोमा सँगै काम गरेका थिए र यी दुइ को जोडी पर्दामा सुहाएको छ  । दिव्य सुवेदीको  छायांकन रहेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्  । गीतले रिलीज भएपश्चात  तारिफ बटुलिरहेको छ । आंचलको नृत्यलाई मन पराएका छन् ।

Facebook Comments