‘सूर्य इन्टरनेशनल अवार्ड ’दोस्रो शृंखला’ नोभेम्बरमा हुने घोषणा

प्रकाशित मिति :   September 10, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – पछिल्लो समय नेपालीफिल्मको राम्रो गन्तव्यबन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्नगरिसकेपछि यतिबेला दोस्रो शृंखलाको घोषणा राजधानीमाभएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्षबासुदेव लामिछाने दोस्रो शृंखलाआउँदो नोभेम्बरमा हुने घोषणा गरेकाहुन् । अभिनय , गायन , नृत्य र हास्यविधामा रहेर अवार्ड आयोजनागरिने र अघिल्लो वर्ष भन्दा झनै भव्यबनाउने उनले बताए । घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डकाआध्यक्ष केशव भट्टराई , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले , अभिनेता भुवन केसी , अभिनेत्रीगौरी मल्ल , गायक रामकृष्ण ढकाल , अभिनेत्रीश्वेता खड्का , गायक हेमन्तशर्मा , अभिनेत्री सरिता लामिछाने , निर्देशकऋषि लामिछाने , गायककमलखत्री , अभिनेता प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिकामिलन अमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममाआउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतकाविधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिकगरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्नकार्यक्रमको आयोजनागरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धिअन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदापुर्याउने उदेश्यले अवार्ड आयोजनागर्न लगिएको हो ।

अवार्डमा गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिकभएकाफिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमाहुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागीहुनेछन् । अवार्ड समारोहमा दुइदशक लामो फिल्मीयात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मीयात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्मपत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । परेकाआवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिकगर्नेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

Facebook Comments