चलचित्र’ निल काँडा’ शुभ मुहर्त गरि छायाँकन सुरु

प्रकाशित मिति :   September 10, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र’ निल काँडा’ को हिजो सोमबार पुर्बको विर्तामोड बाट शुभ मुहर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको छ | मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भई रहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ) ,रिस्ता बस्नेत ,नब नायक दिपक तिवारी ,नब नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी ,विक्रान्त गिरि ,श्याम चौधरी ,याम खरेल लगात कलाकारको अभिनय रहेको चलचित्रको कथा तेजश्वनी बास्कोटाको संबाद/पटकथा दिनेशराज शर्मा रहेको छ |

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस चलचित्रमा नब नायक दिपिक तिवारी यस चलचित्रबाट नायकका रुपमा डेब्यु गर्दैछन् भने चलचित्रमा बरिष्ठ निर्देशक लक्ष्मी नाथ शर्माले यस चलचित्रमा टेक्निकल एड्भाइजरको रुपमा रहेका छन् | चलचित्रमा संगीत बिकाश चौधरीको, गीतकारमा हरी उप्रेती ,दिनेस राज शर्मा, आरबी खड्का छायाँकनमा, बिनोद सापकोटाको मेकअप बिष्णु कार्की को प्रोडक्सन हेडमा कुमार सिलवाल रहेको छन ।

चलचित्र यही आउदो मङ्सिर १५ गते को दिन देखि प्रदर्शन मा आउने गरि ३० दिनको सुटिंग सेडुल रहेको चलचित्रको अधिकांस छायाँकन पुर्बको रमणीय स्थलमा छायाँकन गरिने चलचित्रको निर्माता मुना पौडेलले जानकारी गराएकी छिन्

Facebook Comments