‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी गीत’ सार्वजनिक

प्रकाशित मिति :   August 12, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चलाचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’सार्वजनिक गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा लाई फिचरिङ गरिएको  गीतमा नयाँ कन्सेप्ट प्रयोग गरिएको छ । चलचित्रलाई  रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

चलचित्रमा कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई आदिको अभिनय रहेको छ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । चलचित्रको सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
चलचित्र असोज ३ गतेबाट प्रदर्शन हुँदैछ ।

Facebook Comments