अनमोल के सी को ‘एन्टी हिरो’ मा भुवन के सी भिलेन

प्रकाशित मिति :   August 12, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुन लागेको एक्सन, लभस्टोरी जनराको चलचित्र ‘एन्टी हिरो’ ले नेपाल चलचित्र बिकास बोर्ड मा आज दर्ता भए संगै अहिलेका चर्चित एबं सफल नायक अनमोल के सी लाई मुख्य भूमिकाको लागि अनुबन्धित गरेको छ र अनमोलको अपोजिट मुख्य खलनायकको भूमिकाका लागि भुवन के सी लाई   प्रस्तुत् गराउनेछन  । 
चलचित्र ‘एन्टी हिरो’ का लागि नायिका, निर्देशक र अन्य कलाकारहरुको चयन छिट्टै गरेर जानकारी गराउने कुरा  निर्माता तथा अभिनेता भुवन केसीले गराएका छन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ र चलचित्र को छायांकन पश्चात मात्र रिलिज मिति तोकिने कुराको जानकारी पनि निर्माता तथा अभिनेता भुवन केसीले गरेका छन् ।

Facebook Comments