आर्यन र स्वस्तिमाको ‘हजार जुनीसम्म’को शिर्ष गीत रिलिज

प्रकाशित मिति :   August 12, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र  ‘हजार जुनीसम्म’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।  सार्वजनिक गरिएको शिर्ष गीतमा चलचित्रका मुख्य कलाकारहरु र  चलचित्रका केहि सम्बाद समावेश गरिएको छ । योगेन्द्र घतानीको संगीत र पवन चाम्लिङको शब्द रचना रहेको गीतमा आयुष के सी को स्वर रहेको छ । उक्त गीत पहिले गायक उदय सोताङ गाएका छन् ।

चलचित्रमा कलाकारहरु आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी आदिको अभिनय रहेको छ । विकास राज आचार्यले चलचित्र निर्देशन गरेका छन्  । चलचित्रमा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिल्सिन्नाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको नृत्य, अर्जुन जिसीको सम्पादन रहेको छ । विशाल चाम्लिङ भारतका लागि निर्माता र कविता रेग्मी नेपालका लागि निर्माता रहेकी छिन्  ।
चलचित्र साउन ३० गते देखि प्रदर्शन हुँदैछ ।

Facebook Comments