साम्राज्ञीलाई अंकितको माया के हो भनेर भन्नु पर्दैन शायद : ‘रातो टिका निधारमा’ गीत सार्वजनिक 

प्रकाशित मिति :   August 8, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – ए ए ग्रुप कम्पनीको प्रस्तुति रहेको र अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘रातो टिका निधारमा’को ‘मेरो माया के हो’ बोलको गीत आज एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक रोमान्टिक गीतमा नायिका साम्राज्ञी राज्यक्ष्मी शाह र नव नायक अकिंत शर्मालाई  फिचर्ड गरिएको छ । सारीमा सरल र सुन्दर देखिएकी साम्राज्ञी र चकलेटी राम्रा देखिएका अंकितको जोडी सारै सुहाएको छ । रवि मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । उक्त गीतमा बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले  साम्राज्ञी र अंकितलाई नृत्य गराएका छन् ।

गीतको कतिपय दृश्यमा अंकित आफ्ना पिता असोक शर्मा यौबन बेलाका झैँ देखिएका छन् ।

चलचित्रमा साम्राज्ञी र अकिंतक अलावा  बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी आदि कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ  ।
चलचित्र ‘रातो टिका निधारमा’ दशैको अवसरमा प्रर्दशन हुँदैछ ।

Facebook Comments