धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ घोषणा

प्रकाशित मिति :   August 8, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सुबिहानी फिल्मस प्रा लि को व्यानरमा निर्माण हुन लागेको र धुर्मुस-सुन्तलीको निर्माण रहने चलचित्र ‘सेन्टी भाइरस’ को घोषणा गरिएको छ । सामाजिक कथाबस्तुमा निर्माण हुन लागेको चलचित्रको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सिताराम कट्टेलले जानकारी दिएक छन् । १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई सहयोग र बाँकी ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा सहयोग हुनेछ ।’
रामबाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)सँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य आदिको अभिनय रहनेछ । चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ । सह-निर्मातामा फुर्पा लामा रहेका छन् । कुमार कट्टेल र दीपक आचार्यको लेखनमा निर्माण हुन लागेको चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन,राजनराज सिवाकोटी,कालीप्रसाद बाँस्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

Facebook Comments