‘दंगल ‘ निर्देशकको नयाँ फिल्म ‘छिछोरे ‘ ट्रेलर रिलिज 

प्रकाशित मिति :   August 4, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – आमिर खानको हिन्दि फिल्म ‘दंगल ‘ जो अति नै चर्चित फिल्म रहेको थियो २०१६ का लागि ,उक्त चलचित्रको कथाबस्तुमा छोरीहरुलाई प्राथमिकतामा राखिएको थियो । शोही फिल्म ‘दंगल ‘ का निर्देशक नितेश तिवारीले विभिन्न खाले चरित्र पात्रहरुलाई लिएर कलेजका दिनहरु,होस्टेलका दिनहरु,साथि संगत,माया प्रेम सदभाव,मिलन बिछोडको कथामा फिल्म ‘छिछोरे ‘लिएर आएका छन्

फिल्म ‘छिछोरे ‘ मा शुशांत सिंह राजपुत ,श्रद्धा  कपुर ,वरुण शर्मा ,ताहिर राज भासिन ,तुषार पाण्डे आदि कलाकारहरुले अभिनय गरेका छन् ।साजिद नाडीयडवालाले निर्माण गरेका छन् फिल्म लाई ,प्रस्तुति रहेको छ नाडीयडवाला ग्राण्डसन्  र फक्स स्टार स्टुडियोको र संगीत टि -सिरिज कम्पनिले वितरण गर्दैछ  भने फिल्म सेप्टेम्बर ६ तारिख मा रिलिज हुँदैछ ।
,

Facebook Comments