‘जजमेंटल है क्या’बाट तारिफ बटुल्दै ‘कंगना रनाउत र राजकुमार राव

प्रकाशित मिति :   July 28, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – शुक्रबारबाट चलचित्र हलमा ‘कंगना रनाउत  र राजकुमार रावको नयाँ चलचित्र ‘जजमेंटल है क्या’ रिलिज भएको छ । चलचित्रले दर्शकको राम्रो प्रतिकिया पाईरहेको छ । चलचित्रको ट्रेलरले दर्शकलाई यस्तो बिश्वास दिलाएको थियो कि यसमा उनीहरुको एकदमै राम्रो अभिनय हेर्न पाईन्छ  र कंगना रनाउतले राजकुमार रावसंग यो दोश्रो चलचित्र हो ।

यस अघि यो जोडीले ‘क़ुईन’नामक चलचित्रमा संगै काम गरेका थिए ।  चलचित्र हेरेर निस्केका दर्शकले चलचित्रको खुब तारिफ गरेका छन् । चलचित्रलाई प्रकाश कोभेलामुडी ले निर्देशन गरेका छन् र  शोभा कपुर,एकता कपुर र शैलेस राज सिंहले निर्माण गरेका हुन् ।

Facebook Comments