सलमान खानको ‘किक २’ २०२० मा रिलिज हुने ।

प्रकाशित मिति :   July 25, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  अहिले आएर सलमान खानको फिल्म ‘किक २’  सम्बन्धि धेरै कुरा भैरहेको छ बलिवुड नगरीमा । केहि बर्ष पहिले रिलिज भएको सलमान खानको फिल्म ‘किक ‘ बक्स अफिसमा एकदमै सफल रहेको  थियो । चलचित्र रिलिज भएको केहि बर्ष नहुदै निर्माता साजिद नाडियाडवाला यस चलचित्रको दोश्रो भाग ‘किक २’ को बारेमा घोषणा गरेका थिए ।


साजिदले ‘किक २’ को घोषणा गर्दा भनेका थिए ,चलचित्र २०१९ को क्रिसमसमा रिलिज हुनेछ । सलमान भने  ‘दबंग ३’ लाई ‘किक २’ भन्दा पहिले नै रिलिज गर्न चाहन्थ्ये । यसै कारण ‘किक २’ लाई यस वर्ष रिलिज नसकिने भएको छ  । त्यसैले सलमान खानको फ्यानहरुलाई चलचित्र कहिले रिलिज हुन्छ भनेर आतुर भैसकेको छ । अब ‘किक २’ २०२० मा रिलिज हुने भएको  छ, जसका लागि निर्माण टिम दिनरात मेहनत गरिरहेका छन। ‘किक’ जस्तै ‘किक २’ को पनि छायांकन भारत र विदेशमा हुनेछ ।

Facebook Comments