मंसीरमा आर्यन र मिरुनाको ‘च च हुई’

प्रकाशित मिति :   July 18, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – आर्यन सिग्देल, मिरुना मगर अभिनित चलचित्र  ‘च च हुई’को आधिकारिक रिलिज डेट फाईनल भएको छ । निर्देशक साम्तेन भुटियाले एफडी कम्पनिसँग सम्झौता गर्दै मंसीर ६ गते रिलिजको निर्णय गरेका छन्  ।
यसअघि ‘च च हुई’ कार्तिक २९ मा आउने खबर थियो । तर, एक साता पछाडी चलचित्रले रिलिज लक गरेको छ ।


लभर व्वायको भूमिकामा अत्याधिक रुचाइएका अभिनेता सिग्देल ‘च च हुई’मा कमेडी भूमिकामा देखा पर्नेछन् ।चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमामा अमृत घोले लामाको लगानी छ । सिजन दाहाल र संदेश अर्यालले पटकथा तथा संवाद लेखेको सिनेमामा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।

Facebook Comments