‘डा.सी के राउत ‘निर्माण घोषणा

प्रकाशित मिति :   July 18, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्र ‘डा. सिके राउत’को निर्माण घोषणा गरिएको छ । मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली चलचित्र निर्माण हुन लागेको छ । ‘डा. सिके राउत’ चलचित्रको मंगलबार राजधानीमा  एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गर्यो ।

चलचित्रमा सिके राउतको भूमिका भोजपुरी चलचित्रका ‘पावर स्टार’ परिचित परदेशी शाहले निर्वाह गर्नेछन् । उनी सुपरहिट सिनेमा ‘एस.पी खरेल’ बाट निकै चर्चामा आएका थिए । चलचित्रको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए । दुई दर्जन बढी भोजपुरी सिनेमाको निर्देशन गरिसकेका निर्देशक सन्तोष शाहले चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयंले लेखेका हुन् ।

नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने चलचित्रको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा गरिने छ । ‘डा. सिके राउत’ का निर्माता बाबु हुन् । ‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । भदौबाट चलचित्रको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी निर्माण टिमको छ

पवन गौतमले छायाँकन रहने चलचित्रका गीतमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले चलचित्रको सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् । रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने चलचित्रलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी ५० प्रतिशत काल्पनिक कथा जोडिने बताइएको छ ।

Facebook Comments