प्रथम अभिनेत्री भुवन चन्दको चलचित्र ‘साईनो’ ट्रेलर रिलिज

प्रकाशित मिति :   July 11, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – प्रथम अभिनेत्री भुवन चन्दले पहिलोपटक निर्माण गरेको र चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।

चलचित्रमा नीता ढुंगाना, मीरुना मगर र राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायतका कलाकारहरु को अभिनय रहेको  छ ।

रमेश थापाद्वारा निर्देशित चलचित्रको कार्यकारी निर्माता शरण थापा रहेका छन् । चलचित्रलाईअभिमन्यु निरवी लेखेका छन् । छायाँकन रामेश्वर कार्कीको, नृत्य रामजी लामिछानेको, सम्पादन बनिश शाहको रहेको  छ ।

चलचित्रको शिर्ष गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि आव्हानन गरेको थियो र ‘ मायालुलाई जात्रैमा भेटियो ‘ गीतले दर्शकको राम्रो साथ पाएको छ ।
चलचित्र साउन २४ गतेबाट रिलिज हुँदैछ ।

Facebook Comments