‘गीत गजल’ को प्रदर्शन मिति घोषणा संगै पोस्टर सार्वजनिक

प्रकाशित मिति :   July 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गीत गजल ‘को अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । नीतिन चन्द निर्दे्शित दोस्रो चलचित्र  ‘गीत गजल’ को सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य नायक रुप पोखरेल र नायिका आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा कलाकारहरु रुप पोखरेल, आरोही सिंह,रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानल गायतका कलाकारहरुको अभिनय रहेको छ ।आरोहण क्षेत्री निर्माता रहेको सिनेमाका सह निर्माता सुजन आचार्य हुन् । निर्देशक चन्दले आफूले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् ।चलचित्रको एक गीतको छायाँकन भारतको गोवामा गरिएको छ ।

चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो चलचित्रबाट रुप पोखरेल र आरोही सिंहले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । दुबैजना चलचित्रलाई लिएर निकै उत्साहित छन् ।चलचित्रको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ ।

चलचित्र असोज २४ गतेबाट नेपाल भरका चलचित्र भवनमा प्रदर्शन हुनेछ ।

Facebook Comments