‘म यस्तो गीत गाउछु २ ‘ मा पुजा र पल संगै आउदै ।

प्रकाशित मिति :   July 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने र सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्र ‘म यस्तो गीत गाउछु २ ‘ मा  पूजा शर्मा र पल शाहको जोडी दोहरिने भएको छ । २ वर्ष अगाडी रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउछु’ मा यहि जोडी रहेका थिए ।मंगलबार गोरखाको मनकामना मन्दिरमा पल र पूजाले चलचित्रको शुभ-मूर्हूत गर्दै क्ल्याप पूजा गरेका छन् ।

निर्देशक थापाले २ वर्ष अघि नै यस चलचित्र को घोषणा गरेका थिए तर उनले त्यसबीचमा ‘रामकहानी’ बनाएर रिलिज गरे र अहिले ‘सम्हालिन्छ कहिले मन’को निर्देशनको पाटो सम्हालेका थापा छायाँकनको अन्तिम चरणमा छन् ।
पूजा शर्मा र पल शाहको जोडी दोहरिने चलचित्र ‘म यस्तो गीत गाउछु २ ‘को छायाँकन अशोजदेखि हुनेछ भने रिलिज मिति  फागुन २३ लाई रोजिएको छ ।

Facebook Comments