‘झिङ्गेदाउ’मा केकी र मुकुनको जोडी 

प्रकाशित मिति :   July 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  बरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘झिङ्गेदाउ’ मा नायिका केकी अधिकारीलाई लिईएको छ । चलचित्रमा केकी को जोडीका रुपमा’ बुल बुल’ फेम कलाकार मुकुन भुसाल लिडमा फाइनल भैसकेका छन्  ।
केकीलाई केहि दिन अघि मात्र साइन गरेको निर्देशक देउजाले बताएका छन् ।

साहित्यकार भीमनिधि तिवारीको अख्यानमा आधारित भएर निर्माण हुने चलचित्रका लागि प्रदीप भारद्वाजको पटकथा/संवाद रहनेछ । कलाकार छनोट कै क्रममा रहेको चलचित्रको भदौ देखि छायाँकनमा शुरु हुनेछ  ।चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

Facebook Comments