‘शुभ बहादुर सुनाम साँझ’मा गुन्जिए गायक गायिकाहरु 

प्रकाशित मिति :   June 26, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –   विश्व संगीत दिवसको अवसरमा सोमबार साँझ आर्मी क्लबमा श्रीमती शान्ता सुनाम द्वारा आयोजित बिशेष कार्यक्रम ‘शुभ बहादुर सुनाम साँझ’ मा प्रख्यात गायक गायिकाहरुले आफ्नो सुमधुर आवाज़मा सुनाम द्वारा संगीत संयोजन गरिएको गीतहरुको प्रश्तुतिले सबैलाई रोमान्चक बनाएका थिए । करिब ४० जनाको लाईभ अर्केस्ट्राले सांगीतिक माहौल निकै तताएको थियो । बरिष्ठ  चलचित्र निर्देशक प्रकाश सायमीले पनि उक्त अवसरमा  शुभ बहादुर सुनामका लागि केहि शब्द बोलेका थिए । उक्त अवसरमा गायक गायिकाहरु प्रेमधोज प्रधान, कुन्ती मोक्तान, प्राश्ना शाक्य, आनन्द कार्की , भिम तुलाधर,प्रबिशा अधिकारि आदिले  प्रस्तुति दिएका थिए ।
तस्बिर: विकास रौनियार

 

Facebook Comments