‘एकलब्य ‘को ‘पूर्वै चल्नेया रेल’ रिलिज

प्रकाशित मिति :   June 24, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’ले प्रदर्शनी मिति नजिकिँदै गर्दा पहिलो गीत  रिलिज गरेको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित ‘पूर्वै चल्नेया रेल…’ गीतको भिडियो रिलिज गरिएको हो ।


उक्त गीतमा चलचित्रका अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईको नृत्य रहेको छ । यी दुईको नृत्य आकर्षक बनेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको नृत्य पनि लोक शैलीकै छ । जसमा एक सय भन्दा बढी कोरस कलाकारलाई गहतराजले नृत्य गराएका छन् ।
चलचित्र ‘एकलब्य ‘लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पारिवारिक प्रेम कथामा यो चलचित्र आधारित रहेको निर्देशक शर्माले जानकारी गराए ।

चलचित्रमा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुन सहितको कलाकारहरुको अभिनय रहेको छ ।’ एकलब्य ‘लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।
चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत,संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

Facebook Comments