‘जात्रै जात्रा ” टिमको स्कुबा ट्रेनिङ्ग क्लाइमेक्सका लागि 

प्रकाशित मिति :   June 23, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – चलचित्र भवनहरुमा ३८ औ दिनमा पनि उत्सुकताका साथ् चलिरहेको  चलचित्र ‘जात्रै जात्रा “को टिमले चलचित्रको
क्लाइमेक्स खिच्नु अघि कलाकारहरुलाई तालिम दिएका थिए र  तालिम चै स्वीमिङ पुलमा गरेका थिए  । नेपाली चलचित्रमा पहिलो पटक Scuba diving गरिएको हो । चलचित्र राम्रो बनाउन आफ्नो ज्यान जोखिममा राखी काम गर्ने कलाकार प्राबिधिक र नेपालमा scuba diving भित्राउने एक मात्र ब्यक्ती बिबेक सिंह गुरुङ प्रती निर्देशक र ‘जात्रै जात्रा ” टीम हार्दिक अभार प्रकट गर्दछ ।

चलचित्र ‘जात्रै जात्रा “लाई प्रदिप भट्टराई ले निर्देशन गरेका हुन् । चलचित्रमा कलाकारहरु बिपिन कार्की ,दयाहाङ्ग राई ,वर्षा राउत ,रबिन्द्र झा,रबिन्द्र सिंह बानियाँ आदि रहेका छन् । चलचित्र अहिले पनि ३८ औ दिनमा शानदार संग चलिरहेछ ।

Facebook Comments