‘गुलाबो सिताबो’ मा अमिताभ बच्चन फरक भूमिकामा ।

प्रकाशित मिति :   June 21, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  शुजित सरकार निर्देशित अनि अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित हिन्दि फिल्म ‘गुलाबो सिताबो’ मा अमिताभ बच्चनको खड़ूस बुढा देखिएको पहिलो लुक्स सार्वजनिक गरिएको छ । महानायक अमिताभ बच्चनको उक्त लुक्स अहिले धेरै नै भायारल भैरहेको छ । हुन त फिल्म ‘गुलाबो सिताबो’ कमेडी जनारको फिल्म बनेको खबर रहेको छ । ट्रेड एनलिस्ट तरण आदर्शले पनि आफ्नो  ट्विटर हैंडलमा उक्त फोटो राख्दै ,को – आर्टिस्ट को नाम र निर्देशक को नाम र चलचित्र २४ अप्रिल मा रिलिज हुने जानकारी दिएका छन ।

फिल्म ‘गुलाबो सिताबो’ मा अमिताभ बच्चन खड़ूस बुढाका साथै घर धनिको भूमिकामा रहेका छन् र उनको यो लुक्स जसो तसो कसैले पनि चिन्दैनन् ।अहिले महानायक लखनऊमा फिल्म ‘गुलाबो सिताबो’ को शूटिंगमा ब्यस्त छन् । महानायकको उक्त लुक्स सार्वजनिक भए पश्चात दर्शक हरुलाई मन परेपछि ,यो फिल्मको ट्रेलरको पनि सबैमा पर्खाई रहेको छ ।

‘गुलाबो सिताबो’ का साथै अमिताभ बच्चन फिल्म ‘चेहरे मा पनि काम गरि रहेका छन्। ‘चेहरे मा अमिताभ  बच्चनसंग इमरान हाशमी संगै काम गर्दै छन् ।

Facebook Comments