पुष्प र सम्राज्ञीको ‘मारुनी’ मा ‘जाम्न माया जाम ‘

प्रकाशित मिति :   June 12, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को ‘मारुनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मारुनी ‘को  ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रार्चायको संगीत र स्वर रहेको छ अनि शब्द कोरेका छन् रिक्की शाक्यले । सार्वजनिक गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । उक्त डान्सिङ नम्बर ‘जाम्न माया जाम’ गीतको भिडियोमा प्रविन सिंह नृत्य सिकाएका छन् । नव नायिका रेविका गुरुङको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ ।

‘मारुनी ‘मा पुनम गौतम को लगानी रहेको छ । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रको छायांकन संजय लामाले गरेका छन् भने सगीत अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको रहेको छ । चलचित्रको कथा ,पटकथा र सम्बाद नवल नेपाल र गोबिन्द फुयाँलले तयार पारेका छन् ।
चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Facebook Comments