फास्ट एंड फ़्युरियस ९मा विन डिजेल साथ जोन सिना

प्रकाशित मिति :   June 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  २०१८ मा रेस्लर अनि एक्टर जोन सिना ले ‘फास्ट एंड फ़्युरियस ‘ सिरिजमा काम गर्ने इच्क्षा ब्यक्त गरेका थिए। उनलाई आफ्नो WWE पार्टनर रक संग काम गर्ने मन थियो। उनको इच्क्षा पुरा भएको छ। डेडलाइन हलिउड को रिपोर्ट अनुसार सिना ले टिम जोइन गरेका छन्। उनि स्वयम् ले ट्विट मार्फत यो कुरा कन्फर्म गरेका छन् , ‘बिगत २० बर्ष देखि फास्ट एंड फ़्युरियस फ़्रन्सैज ले दर्शक लाई मनोरंजन प्रदान गरिरहेको छ , यस्तो टिम को सदस्य हुन पाउनु मेरो लागि गर्व को कुरा हो।’ तर सिना ले टिम मा प्रवेश गर्दा यो चलचित्र मा रक भने नहुने भएका छन्। उनि अहिले ‘हब्स एंड श ‘ को तयारी मा लागिरहेका छन्।

चलचित्र छोड्ने धम्कि दिएकी अभिनेत्री मिसेल भने पुनः चलचित्र मा ब्याक भएकी छिन्। उनले यदी यो फ्रंसैज मा महिला राइटर नराखे आफुले काम नगर्ने बताएकी थिईन। टीम मा महिला लेखक राखे संगै उनले चलचित्र मा काम गर्ने पक्का भयो। उनि भन्छिन , ‘मैले सधैँ आफ्नो डाइलग आफै लेख्नुपर्छ , म एक्टर बनूँ कि राइटर ! अब बोर्ड मा महिला को आवाज़ पनि छ , म निश्चिन्त छु। ‘

Facebook Comments