प्रियंका र आयुषमान ‘प्रेम दिवस ‘मा एकअर्कालाई फूल दिंदै 

प्रकाशित मिति :   June 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ –  रियल मोसन पिक्चर्स र एस. एन. प्रोडक्सन प्रा. ली.को ब्यानरमा सञ्जय न्यौपानेको लगानीमा निर्माण भएको चलचित्र ‘प्रेम दिवस ‘ को शिर्ष गीत ‘फुल दिए तिमीलाई ‘सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतलाई चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशीले गाएका छन् र उनी दुबैजनालाई फिचर्ड गरिएको छ । चलचित्र ‘प्रेम दिवस’मा माया प्रेम,मिलन बिछोड आदि देख्न सकिन्छ र  चलचित्रले पबित्र मायाको थिम बोकेको छ ।


करण राज कार्कीको संगीत र सन्तोष पोखरेलको शब्द रहेको उक्त गीतलाई सुरज तामाङ र शैलु आरएल शाहओर्जिनल गायक गायिका हुन् र अभिनेत्री प्रियंका कार्की र आयुष्मा देशराज जोशीले कभर गीतको रुपमा उक्त गीत गायका छन् ।


चलचित्रलाई योगेस घिमिरेले निर्देशन गरेका छन् ।चलचित्रका सह निर्माताहरुमा रमेश चौधरी र उत्सव दाहाल रहेका छन् । चलचित्रमा प्रियंका कार्की , आयुष्मान देशराज श्रेष्ठ र विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद,अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्र आगामी जेष्ठ ३१ गतेबाट रिलिज हुँदैछ ।

Facebook Comments