कलाकार संघको १७ औ साधारण सभाबाट रबिन्द्र खड़का प्यानल बिजयी 

प्रकाशित मिति :   June 9, 2019           Sabasta Entertainment




सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – नेपाल कलाकार संघको १७ औ साधारण सभाबाट अभिनेता रबिन्द्र खड़का अध्यक्ष पदमा निर्वाचित भएका छन् ।शनिबार भएको चुनावि परिणाममा रवीन्द्रले सरिता लामिछाने भन्दा ५७ मत बढी ल्याएर बिजयी भएका छन् । कूल खसेको ३८७ मत मध्ये रवीन्द्रले २१८ मत ल्याए भने सरिताले १६१ मत ल्याएकी छिन ।

संघको उपाध्यक्षमा रेजिना उप्रेती २४३ मतका साथ विजयी भएकी छन् । रेजिना सर्वाधिक मत ल्याउने उम्मेदवार बनेकी छिन । अर्को उपाध्यक्ष पदमा सानुकुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भएका छन् । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी संजय खतिवडाले १५६ मत ल्याए । सचिवमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कविता गेलालले १६९ मत ल्याइन् ।


सहकोषाध्यक्षमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी धनबहादुर बम्जनले १३३ मत ल्याएका छन र १० जना सदस्यहरूमा शितल केसी, जयकिशन बस्नेत, गोपाल ढकाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन्र ।

अध्यक्ष रवीन्द्र खड्काले विजयी भएपछि आफूले गरेका प्रतिवद्धताहरु पूरा गर्ने बचन दिएका छन्  । सबस्त ईन्टरटेनमेन्टको तर्फ़बाट रवीन्द्र खड्का लगायत सम्पूर्ण बिजयी पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई हार्दिक बधाई एबं सफल कार्यकालको हार्दिक शुभ कामना ।

Facebook Comments