बुवा अहिले पनि पत्रिकामा आएका मेरो समाचारको कटिङ्ग राख्नुहुन्छ’- अनुप बिक्रम शाही
प्रकाशित मिति : June 7, 2019 Sabasta Entertainment
सबस्त ईन्टरटेनमेन्ट,काठमाडौँ – ह्यान्डसम भिलेन , महङ्गो भिलेनको ट्याग पाएका अभिनेता अनुप बिक्रम शाही। हुन त उनलाई घमण्डी पनि भन्छन् , तर सिधा बक्तालाई यस्तै भन्ने चलन छ र उनलाई यी कुराहरुले खासै फरक पनि पर्दैन। घमण्ड गर्छन् त उनी आफ्नै कामको अनि आफुले आफ्नै मेहनतले कमाएको नामको। परिवारबाट कोहि पनि चलचित्र क्षेत्रमा थिएनन् , घरको पनि कि आर्मी -पुलिस मा , नभए पढ्न विदेश गए हुन्थ्यो भन्ने आशय थियो। तर उनलाई कलाकार बन्नु थियो।
‘च्यांग बा ओए च्यांग बा’ बोलको गीतमा कोरस डान्सरको रुपमा उनले पहिलो पटक काम गरेका थिए। सुरुमा पाएको पारिश्रमिक मात्र २ हजार रुपैंया , तर अहिले उनी महँगो कलाकारको सूचीमा पर्छन्। उनि गर्वका साथ भन्छन् कि अहिले आफ्नो लाइफ़्स्टाइल उनी आफ्नै कमाईले धानिरहेका छन्।
उनलाई राम्रो स्क्रिप्ट छनौट नगरेको आरोप पनि लागिरहेको छ। उनी आफ्ना शुभचिन्तकहरुको यो गुनासोलाई स्वीकारछन्। तर उनको यसमा दोष नि छैन , कुनै चलचित्र छायांकन नसकिदै निर्माताको बजेट सकिन्छ , कुनै चलचित्रको छायांकन पुरा नहुँदै चलचित्र रिलिज गरिन्छ। तर अब भने उनी सजक भएका छन्। यहि बीच आफ्नै प्रोडक्सन ब्यानरबाट चलचित्र निर्माण गर्ने सोच पनि बनाएका छन्। उनले आफ्नो जीवन चलचित्रकर्ममै समर्पित गर्ने निश्चय गरेका छन्।
सुरुवाती दिनमा बुवाले यो क्षेत्र मा लागेको रुचाउनु भएको थिएन। तर पछि पत्र पत्रिकामा तस्बिर आउन थाल्यो, पत्रिकामा आएको सानो फोटो या समाचार पनि बुवाले काटेर संकलन गर्न थाल्नुभयो। उहाँको यो खुशी मेरो सबै भन्दा ठुलो जीत हो। पछि पछि त अलि धेरै नै समाचार आउन थाल्यो अनि उहाँले पेपर कटिङ्ग राख्न छोड्नुभयो। तर आज पनि उहाँको बिहान को काम भनेको ४-५ ओटा पत्रिका पढ्नु अनि त्यहाँ छापिएका मेरो समाचारहरु पढ्नु हो। मलाई भन्दा बुवालाई कहाँ-के समाचार प्रकाशित भएको छ, थाहा हुन्छ।’